धनगढी- कैलालीमा ‘म हिड्छु,मेरो प्रदेश हिँड्छ’ अभियानको शुभारम्भ गरिएको छ। सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फारवेस्टर्न राईडरर्सको समन्वयमा सो अभियानको शनिबारदेखि सुरुवात गरिएको हो।
नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको लोकप्रिय कार्यक्रम अन्तर्गत अभियानको शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
‘म स्वस्थ मेरो प्रदेश स्वस्थ, स्वस्थ जीवनका लागि साईक्लिङ’ भन्ने नाराका साथ सो अभियान धनगढीको पार्कमोडबाट एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले शुरु गरेका हुन।
मन्त्री खड्काले स्वास्थ्यका लागी स्वस्थ रहन पहिलो प्राथमिकता रहेको बताए। यस्का साथै मानिसको स्वास्थ्य ठिक राख्न साईक्लिङ गर्न र बातावरणीय हिसाबले पनी साईक्लिङ गर्न राम्रो उपयुक्त हुने बताए।
यो अभियानले सबैलाई सचेतना फैलाउने मद्धत पुग्ने उनले बताए। स्वासप्रस्वास रोग, आहारबिहार, व्यायाम नगर्दा मानिसमा बिभिन्न नसर्ने रोगका बिरामी बढ्दै गइरहेकोले मानिसले बिहान समयमै उठ्ने, नियमित ब्यायाम गर्ने, हिँडडुल गर्ने र आहारबिहारमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताए।
यस्तै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले नसर्ने रोगको जोखिम न्यूनीकरण कार्यक्रम अन्तरगत यो अभियान सुरु गरिएको जानकारी दिए। उनले पहिला आफु स्वस्थ भएपछि मात्रै देश स्वस्थ बताए। यस्का लागी नियमित साईक्लिङ् गर्ने, तथा व्यायाम गर्ने सुझाब दिएका छन्।