काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनी केमीड्रऊ इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको एन्टीबायोटिक औषधि न्यून गुणस्तरको फेला परेको छ।
औषधि व्यवस्था विभागले गरेको नमुना परीक्षणमा ब्याच नम्बर सिबिडी २४ को सेपोब्याक्टी ड्राइ सिरप नामको सेफ्पोडोक्साइम प्रोक्सेटिल औषधि न्यून गुणस्तरको फेला परेको हो। विभागले ती औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन कम्पनीलाई भनेको छ।
