काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्य सेवाको ११औं तहका विभिन्न सेवा, समूह तथा पदमा लिखितमा नाम निकाल्न सफल उम्मेदवारको अन्तर्वार्ताको मिति संशोधन गरेको छ।
आयोगले सोमबार सूचना प्रकाशित गर्दै २३ जनाको अन्तर्वार्ताको समय संशोधन गरेको हो। आयोगले लिखितमा नाम निकालेका १७ जनाको ऐन तथा नियमावली अनुसार योग्यता नपुगेपछि परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट नाम हटाएको थियो। त्यसलगत्तै आयोगले परीक्षामा उत्तीर्ण भएकाहरुको अन्तर्वार्ताको संशोधित सूचना सार्वजनिक गरेको हो।
हेरौं सूचना
