काठमाडौं - अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडको नेपालका म्यानेजर पदम भट्टराईको डेंगुका कारण निधन भएको छ। उपचारको क्रममा आज बिहान भट्टराइएको निधन भएको हो।
डेंगु भएपछि उनी उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए। उनको बिहान मृत्यु भएको नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठनका सदस्य जनक ढकालले बताए। भट्टराई उक्त संगठनको साधारण सदस्य थिए।