काठमाडौं- न्यूरो सर्जन डा सुवास लोहनीको निधन भएको छ। ३८ वर्षीय डा लोहनी टोकास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका थिए।
उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर अस्पताल पुग्दासम्म उनको निधन भइसकेको प्रहरीले जानकारी दिएको छ।
डा लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। उनको निधन के कारणले भयो भन्ने विषय भने अझै खुल्न सकेको छैन। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।