काठमाडौं - जनस्वास्थ्य एवं सामुदायिक चिकित्सा विभाग काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन सम्बन्धी पहिलो कोर्स सञ्चालन गरेको छ।
नेपालमा स्वास्थ्य आपूर्ति श्रृखंलाको निम्ति जनशक्ति विकास गर्ने स्वास्थ्य मन्त्रालयको लक्ष्यमा सहयोग पुग्ने भन्दै उक्त कोर्स सञ्चालन गरिएको हो। यो कार्स नोभेम्बर १९ बाट सुरु भएको थियो। कोर्समा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यको सन्दर्भ दिंदै विभिन्न महत्वपूर्ण मोड्युल मार्फत स्वास्थ्य आपूर्ति शृंखलाका आधारभूत तत्व बारे जानकारी गराइएको थियो।
प्रि सर्भिस र इन सर्भिसको सहभागिता, सामूहिक कार्य र छलफलका साथै विज्ञहरुसँग विभिन्न विषयमा अन्तरक्रिया समेत गरिएको थियो। उक्त कोर्स जिटिए फाउण्डेसनको प्राविधिक सहयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सम्पन्न भएको छ।