काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामी तथा सेवाग्राहीका लागि अनलाइन टिकट सेवा सुरु गर्ने भएको छ। अस्पतालले भोलि बुधबारबाट उक्त सेवा सञ्चालनमा ल्याउन लागेको हो।
अस्पतालका अनुसार अनलाइन टिकट अस्पतालको अनलाइन तथा मोबाइल एपबाट लिन सकिन्छ। मोबाइल एपका लागि मेडिफ्लो सोलुसन एप डाउनलोड गरेर सेवा लिन सकिन्छ।
यस्तो छ सेवा लिने प्रक्रिया
- मोबाइलमा मेडिफ्लो सोलुसन एप इन्सटल गर्ने
- मेडिफ्लो सोलुसन क्लिक गर्ने
- इटिकेटमा क्लिक गर्ने
- भरतपुर अस्पतालमा क्लिक गर्ने
- डिपार्टमेन्टमा क्लिक गर्ने
- चुज डिपार्टमेन्ट
- एचआइबी अर्थात हेल्थ इन्स्यूरेन्स बोर्डमा क्लिक गर्ने
- ड्यूटी डाक्टरमा क्लिक गर्ने
- क्यालेन्डर- कुन मितिको टिकट लिने हो सोही मिति क्लिक गर्ने।
- बिमा नम्बर टाइप गर्ने
- आफ्नो व्यक्तिगत विवरण भर्ने र सबमिट गर्ने।
अस्पतालको वेभसाइटबाट टिकट लिँदा
- अस्पतालको वेभसाइटमा रहेको इटिकेटमा क्लिक गर्ने- मेडिफ्लो सोलुसन खुल्छ।
- अनलाइन टिकटमा गएर बुक नाउमा क्लिक गर्ने
- भरतपुर अस्पताल क्लिक गर्ने
- डिपार्टमेन्ट क्लिक गर्ने
- चुज डिपार्टमेन्ट
- ड्यूटी डाक्टरमा क्लिक गर्ने
- क्यालेन्डर- कुन मितिको टिकट लिने हो सोही मिति क्लिक गर्ने।
- आफ्नो व्यक्तिगत विवरण भर्ने र सबमिट गर्ने।