काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा एक कार्यक्रम गरी सेन्टरले वार्षिकोत्सव मनाएको हो।
बिहान सेन्टरका सबै कर्मचारीहरुले रत्नपार्कदेखि टुँडिखेलसम्म परिक्रममा समेत गरेका थिए। अस्पतालको सेवालाई आगामी दिनमा थप सर्वसुलभ र सहज बनाउँदै लैजाने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा प्रमोद जोशीले बताए।
अस्पतालको सेवालाई डिजिटलाइजेशन गर्ने तयारी समेत भएको उनले जानकारी दिए। साथै अस्पतालको सेवालाई सुधार गर्दै थप आवश्यकता अनुसार परिस्कृत गरिने उनले बताए। हाल ट्रमा सेन्टरमा करिब ५ सय जना कर्मचारी कार्यरत छन्।