फाइल तस्बिर
काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज र भोलि मतदान हुँदैछ। काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान भइसकेको छ भने धुलिखेल र काठमाडौं उपत्यकामा आज र भोलि मतदान हुँदैछ। धुलिखेलमा भने आज मात्र मतदान हुनेछ।
निर्वाचन समितिका अनुसार आज धुलिखेलको स्कील ल्याब भवनमा मतदान हुनेछ भने काठमाडौं उपत्यकाभित्र आज र भोलि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा हुनेछ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्। उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।
उपत्यका बाहिर १८ स्थानमा भएको मतदानमा पाँच हजार मत खसेको छ। उपत्यकाबाहिर मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा मतदान केन्द्र थिए।
यी हुन् मतदाता
