काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा रमेश ढकाल नियुक्त भएका छन्। डा ढकालले पत्र समेत बुझिसकेका छन्। उनलाई मन्त्री खतिवडाले मंगलबार नियुक्त गरेका हुन्।
डा ढकाल राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव हुन्। उनी शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर समेत हुन्।