काठमाडौं- स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच उपचार सेवाका विषयमा सम्झौता भएको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र ललितपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेश मर्हजनले हस्ताक्षर गरेका छन्। उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर डा शैल रुपाखेती र वडा नं. २ मातहतका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै स्टार हस्पिटलका अध्यक्ष महर्जनले हस्पिटलले विभिन्न विभाग तथा नयाँ सेवाहरु थप गर्दै गएकोले वडावासीहरुलाई मात्र नभई सम्पूर्ण देशवासीलाई गुणस्तरीय उपचार सेवा लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको र हस्पिटलले काठमाडौं उपत्यका मात्र नभई देशका अन्य जिल्लाहरुमा पनि आफ्ना सेवाहरु बिस्तार गर्दै गइरहेको जानकारी दिए।
कार्यक्रममा वडा नं. २ का अध्यक्षले वडावासीहरुका तर्फबाट बोल्दै स्टार हस्पिटलसंग सहकार्य गर्नपाउनु अत्यन्त उपलब्द्धीपूर्ण रहेको र यसको पूर्ण कार्यन्वयनमा जोड दिैदै हस्पिटललाई धन्यवाद ज्ञापन गरे।
सम्झौता अनुसार स्टार हस्पिटलले ललितपुर महानगरपालिका वडा नं. २ का वृद्धवृद्धा, एकल महिला, महिला तथ ाबालबालिका लगायत सम्पूर्ण वडावासीहरुलाई सहुलियत दरमा उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउने छ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था संग निरन्तर सहकार्य गर्दै आइरहेको अस्पतालका सिओओ डा सन्देश जिसीले जानकारी दिए।