काठमाडौं– नेपाल मेडिकल काउन्सिलको शुक्रबार काठमाडौं उपत्यकामा भएको निर्वाचनमा १ हजार ९८६ मत खसेको छ।
काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि भएको निर्वाचनमा काठमाडौं उपत्यकामा १ हजार ९८६ मत खसेको निर्वाचन समितिकी सदस्य सचिव अनिता लामाले जानकारी दिइन्।
लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा १ हजार २५०, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा ५०८ र धुलिखेल अस्पतालमा २२८जनाले मतदान गरेका छन्।
यसअघि काठमाडौं उपत्यका बाहिर मंसिर ३ र ४ गते भएको निर्वाचनमा ५ हजार १९ मत खसेको छ।
काउन्सिलको निर्वाचन भोलिसम्म छ। भोलि नेपाल प्रज्ञा प्रतिष्ठान कामाठाडौं र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, लतिलपुरमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान कार्यक्रम रहेको छ।