काठमाडौं- नेपाल शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन भएको छ। समाजको सन् २०२२-२३ कार्यकारी समितिका लागि सबै पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन्।
पाँच जना सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको थियो भने अध्यक्ष लगायतका पदाधिकारीमा एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो। सदस्यका एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा निर्विरोध भएको हो।
निर्वाचन समितिका अनुसार अध्यक्षमा प्राडा सुनिलकुमार शर्मा ढकाल, वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट)मा डा रोमियो कंसाकार, उपाध्यक्षमा डा प्रनिल राई, महासचिवमा डा विकल घिमिरे, कोषाध्यक्षमा डा शैल रुपाखेती, सहसचिवमा डा सुमित प्रधान, सहकोषाध्यक्षमा डा मनिष पोख्रेल निर्विरोध निर्वाचित भएका हुन्।
यसैगरी सदस्यहरुमा क्रमश: डा रविन जोशी, डा रुपेश मुखिया, डा अविसेक थापा, अनिप जोशी र डा सुशिल ढुगेल निर्वाचित भएका छन्।