काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा देशभरबाट ९ हजार ३१८ मत खसेको छ। प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार देशभरबाट कुल ९ हजार ३ सय १८ मत खसेको हो।
डा राईका अनुसार मतदानको अन्तिम दिन शनिबार काठमाडौं र ललितपुरमा मात्र २ हजार २९५ मत खसेको थियो।
यसअघि मंसिर ३, ४ र १० गते भएको मदानमा कुल ७ हजार ५ मत खसेको थियो।
डा राईका अनुसार देशभर खसेको मत शनिबार राती १० बजेदेखि गणना सुरु हुनेछ। त्यसका लागि काठमाडौं उपत्यका बाहिर, काभ्रे र लतिपुरबाट मतपेटिका काठमाडौंमा ल्याइएको छ।
रातभर मतगणना हुने भएकाले भोलि (आइतबार) दिउँसो सम्ममा मतपरिणाम आउन सक्ने डा राईले जानकारी दिए।