काठमाडौं- नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। बिहान साढे ८ बजेसम्म एक हजार मत गणना हुँदा उपाध्यक्षमा डा प्रमोद कुमार यादव अगाडि छन्।
उपाध्यक्षका उम्मेदवार डा यादवले एक हजार मत गणना हुँदा ४२४ मत ल्याएका छन्। उपाध्यक्षका अर्का उम्मेदवार डा शिवजी पौडेलले ४०१ र डा रामपरिक्षण यादवले १२२ मत ल्याएका छन्।
यस्तै सदस्यहरुमा डा हुला अग्रवाल सबैभन्दा अगाडि छन्। उनको ६४९ मत आएको छ। त्यसपछि क्रमश डा लवकुमार शाहको ४९६, डा रोहित कुमार मिश्रको ४९४, डा गुरुप्रसाद शाहको ४६०, डा कालुसिंह खत्रीको ३५७, डा तोसिमा कार्कीको ३५५, डा राजेशकुमार साहको २६०, डा अमित चतुर्वेदीको २४८, डा रिताकुमारी महासेठको २३० र डा कुन्जाङ शेर्पाको २२८ मत आएको छ।
हेरौं कसको कति मत