काठमाडौं- नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न मतदानको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले अग्रता लिएका छन्।
एक हजार पाँच सय एक मत गणना हुँदा उपाध्यक्षमा डा पौडेलले ६७८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा प्रमोद यादवले ५६२ र रामपरिक्षण यादवको १७८ मत आएको छ। यसअघि एक हजार मत गणना हुँदा उपाध्यक्षमा डा प्रमोद अगाडि थिए। तर पछिल्लो गणनामा डा पौडेलले उनलाई पछाडि पारेका छन्।
सदस्यमा डा हुलास अग्रवाल सबैभन्दा बढी मत ल्याएर अग्रस्थानमा छन्। उनले ९२९ मत ल्याएका छन्।
हेरौं कसको मत कति
