काठमाडौं- नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र ८ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार २ हजार ५ मत गणना भएको छ।
मध्यान्न १२ बजेर ४५ मिनेटसम्मको अपडेट अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले अग्रता लिएका छन्। उनको ९४८ मत आएको छ। उनको निकटतम प्रतिद्वन्दि डा प्रमोदकुमार यादवको ६९५ मत रहेको छ। त्यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको २३१ मत छ।
यसैगरी, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी मत ल्याएका छन्। उनको ११७५ मत आएको छ। त्यसपछि डा गुरुसरण शाहको ८८७, डा रोहित कुमार मिश्रको ८०१, डा तोसिमा कार्कीको ७८२, डा कालुसिंह खत्रीको ७७९ र डा लवकुमार साहको ७५८ मत आएको छ।
हेरौं कसको मत कति?
