काठमाडौं– कोरोना भाइरसको संक्रमण देखिएका नेकपा एमालेका सचिव भीम आचार्यलाई अस्पताल लगिएको छ।
चितवनमा जारी १०औं महाधिवेशनमा आएका आचार्यलाई शुक्रबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो।
महाधिवेशन उद्घाटनको दिन (शुक्रबार) स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना पोजेटिभ देखिएपछि सौराहास्थि एक होटेलमा आइसोलेसनमा रहेका आचार्यलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर अस्पताल लगिएको हो।
आचार्यलाई भरतपुर अस्पताल लगिएको जनाइएको छ।