काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मत गणना जारी छ। काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको मतदानको मतगणनामध्ये पछिल्लो समयमा २ हजार ५ सय ७ मत गणना भएको छ।
पछिल्लो अपडेट अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलकै अग्रता कायम छ। उनको १२५६ मत आएको छ। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको ८०३ र डा रामपरिक्षण यादवको २७७ मत आएको छ।
सदस्यहरुमा सबैभन्दा बढी मत डा हुलास अग्रवालको आएको छ। उनको एक हजार ४ सय १६ मत आएको छ।
हेरौं कसको मत कति?