काठमाडौं- नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा साँझ पाँच बजेसम्म तीन हजार सात मत गणना भएको छ। मतगणना अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले नै अग्रता लिएका छन्। यस्तै सदस्य पदमा डा हुलास अग्रवालले सबैभन्दा मत ल्याएका छन्।
उपाध्यक्ष उम्मेदवार डा पौडेलको एक हजार ५४६ मत आएको छ। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको ९२९ र डा रामपरिक्षण यादवको ३२० मत आएको छ।
सदस्यमा सबैभन्दा अगाडि रहेका डा अग्रवालको एक हजार ७३६ मत आएको छ।
हेरौं कसको मत कति