काठमाडौं- नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)ले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत न्युरोसर्जन डा सुमित जोशीलाई उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित गरेको छ।
काठमाडौंमा आयोजित नेसनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पेपर प्रस्तुत गरी उत्कृष्ट बन्न सफल भएका डा जोशीले नेसनका अध्यक्ष डा कृष्ण शर्मा र संस्थाका सचिव प्राडा राजीब झाबाट पचास हजार रुपैयाँसहित उत्कृष्ट युवा न्युरोसर्जनको प्रमाणपत्र बुझेका हुन्।
न्युरोसर्जरीलाई सिमित क्षेत्रमा मात्र केन्द्रित नराखी यसका अनुभव र दक्षतालाई विस्तारित गर्ने उद्घेश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युरोसर्जनहरुको प्रस्तुतिकरणका बिच डा जोशीले उत्कृष्ट युवा न्युरोसर्जन अर्वाड प्राप्त गरेका हुन्।
डा जोशी नेपाल मेडिसिटीको न्युरोसर्जरी विभाग अन्तर्गत न्युरोभास्कुलर, स्पाइन तथा स्कल बेस सर्जन हुन्।