काठमाडौं- नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा साँझ ६:२० सम्मको अपडेट आएको छ। अपडेट अनुसार ३ हजार ५०७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी मत सदस्यका उम्मेदवार डा हुलास अग्रवालको आएको छ। डा अग्रवालको एक हजार ९९२ मत आएको छ।
उपाध्यक्षमा भने डा शिवजी पौडेलले धेरै मतको अग्रता लिएका छन्। डा पौडेलको १८४१ मत आएको छ भने उनका निकटतम प्रतिद्वन्दी डा प्रमोदकुमार यादवको १०५३ मत छ। यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको ३६७ मत आएको छ।
सदस्यहरुमा डा अग्रवालपछि १५९३ मत ल्याएर डा गुरुशरण साह दोस्रो नम्बरमा छन्। त्यसपछि डा तोसिमा कार्की छिन्। उनको १४२९ मत आएको छ।
हरौं कसको मत कति?