काठमाडौं- नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।
साँझ साढे ७ बजेसम्म ४००६ मत गणना हुँदा डा पौडेलले २१९७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवले झण्डै आधा कम ११३१ मत ल्याएका छन्। यस्तै अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ३९७ मत ल्याएका छन्।
यसैगरी, सदस्यमा सुरुदेखिनै डा हुलास अग्रवाल अगाडि छन्। उनको सदस्यका अन्य प्रतिस्पर्धीभन्दा बढी मत छ। उनले २२७३ मत ल्याएका छन्।
अन्य सदस्य कसको कति मत?
