काठमाडौं- नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ।
काठमाडौं उपत्यका बाहिर ५ हजार १९ मत खसेको थियो। उपत्यका बाहिरको मतपरिणाम अनुसार उपाध्यक्षमा डा शिवजी पौडेल अगाडि छन्। डा पौडेलको २७७६ मत आएको छ। उनको प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको १३५९ मत आएको छ। उपाध्यक्षाका अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ४४६ मत ल्याएका छन्।
यसैगरी, सदस्यमा सुरुदेखिनै डा हुलास अग्रवाल अगाडि छन्। उनले २७७४ मत ल्याएका छन्।
अन्य सदस्य कसको कति मत?
