काठमाडौं - डा मनिषा रावलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक रुपमा पद बहाली गरेकी छिन्।
प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत डा रावलले सोमबार शुक्रराज अस्पतालको निर्देशकको रुपमा पद बहाली गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा अनुप बास्तोलालाई सरुवा गर्दै डा रावललाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
कोरोना संक्रमितको उपचारमा सक्रिय डा बास्तोलालाई सरुवा गर्दै डा रावललाई निर्देशकको जिम्मेवारी दिएपछि निकै विरोध समेत भएको थियो। डा रावल शुक्रराज अस्पतालमा दोस्रो पटक निर्देशक भएकी हुन्।
यसअघि उनी २०७४ कार्तिक २८ गते अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी पाएकी थिइन्। शुक्रराज अस्पतालमा आठ महिना काम गरेपछि उनी स्वास्थ्य विभागको उपचारात्मक महाशाखामा सरुवा भएकी थिइन्।