काठमाडौं- नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। साँझ ६ बजेसम्मको मतगणना अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलको जित निश्चित भएको छ।
९ हजार मत गणना हुँदा डा पौडेलको ४ हजार ९१८ मत आएको छ। उनको निकटतम प्रतिस्पर्धी डा प्रमोदकुमार यादवको २ हजार ३४९ मत आएको छ। अब ३१८ मत मात्र गन्न बाँकी छ।
यस्तै उपाध्यक्षका अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवको ७४५ मत आएको छ।
सदस्यहरुमा सबैभन्दा बढी डा हुलास अग्रवालको मत आएको छ। डा अग्रवालको ४ हजार ३३२ मत आएको छ।
डा अग्रवालपछि डा तोसिमा कार्कीको ३८५३, डा कालुसिंह खत्रीको ३३९६, डा गुरुसरण साहको ३२४७, डा कुन्जांग शेर्पाको ३२२३, डा रुपक घिमिरेको २६६६, डा विश्वराज दवाडीको २५८८, डा रोहित कुमार मिश्रको २३१४ र डा प्रकाश पौडेलको २२६१ मत आएको छ।
हेरौं मत?