काठमाडौं- नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। उनले प्रतिस्पर्धी डा प्रमोदकुमार यादव र डा रामपरिक्षण यादवलाई हराउद जित हासिल गरेका हुन्।
सदस्यहरुमा सबैभन्दा बढी मत ल्याएर डा हुलास अग्रवाल विजयी भएका छन्। यस्तै, सदस्यहरुमा डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जान शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र विजयी भएका छन्।
काउन्सिल निर्वाचनमा ९ हजार ३१८ मत खसेको थियो। एक उपाध्यक्ष र ८ सदस्यका लागि ३५ जना चुनावी मैदानमा उत्रिएका थिए।
काठमाडौं उपत्याकाबाहिर ३ र ४ गते उपत्यकाभित्र र धुलिखेलमा १० र ११ गते मतदान भएको थियो।
निर्वाचनको मत परिणाम केही बेरमा प्रकाशित गर्नेछौं।