काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो।
कन्ट्याक्ट ट्रेसिङमा परेका जबराले सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसको केही घण्टामा उनको रिपोर्ट पोजिटिभ आएको हो।
कोरोना संक्रमण भएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा भर्ना भएका छन्। स्रोतका अनुसार उनलाई सोमबार साँझ भर्ना गरिएको हो।
उनी केही दिनदेखि बालुवाटारमा रहेको निवासमा बसिरहेका थिए। उनमा निमाेनिया र छातीमा संक्रमणसमेत देखिएको स्रोतले जनाएको छ।