काठमाडौं- कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ।
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिए।
नेपालले हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हजार ९५५ डोज खोप लगाइसकिएको छ। ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकएको छ।