काठमाडौं- सरकारले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा छनौट भएका उम्मेद्वारलाई कोभिडविरुद्धको खोप लगाउन पाँच अस्पतालमा केन्द्र तोकेको छ।
वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरीबल अस्पतालमा खोप केन्द्र तोकेको जानकारी दिएको छ। विभागले ती खोप केन्द्रमा गएर खोप लगाउन छनोटमा परेका कामदारलाई सूचित गरेको हो।
विभागले यसअघि खोप नलगाएकाहरुका लागि पाँच अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको हो।
विभागले खोप लगाउन जानुअघि सम्बन्धित उम्मेद्वारले विभागको इजरायल शाखामा सम्पर्क गर्नुपर्ने पनि जनाएको छ।