काठमाडौं- स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा रुद्र मरासिनी नियुक्त भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा मरासिनीले आज निर्देशकको पत्र बुझेका हुन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा मरासिनीलाई सरुवा गर्ने निर्णय मंगलबार भएको हो।
व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भिमसिंह टिंकरी केही दिन अघि मात्र १२औं तहमा बढुवा भएका थिए। उनको बढुवापछि निर्देशक पद रिक्त थियो।
डा मरासिनीले चितवनको भरतपुर अस्पतालको निर्देशक हुँदा राम्रो काम गरेको भन्दै अवार्ड समेत पाएका थिए।
यसैगरी महाशाखा अन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको पनि सरुवा भएको छ। ढुङ्गानाको स्थानमा महाशाखामै रहेका सुरेन्द्र चौरसियालाई ल्याइएको छ।