काठमाडौं– बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।
हालसम्म बागमतीमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएका छन्। पर्याप्त मात्रामा खोप उपलब्ध भएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या बढेको हो।
प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ। कोरोना संक्रमणविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ।