काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छनोटका लागि सिफारिस समिति गठन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो।
सो समितिमा मन्त्री खतिवडा सहित मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला सदस्य छ।
समितिले उपकुलपति छनोटका लागि प्रस्ताव आब्हान गर्नेछ। त्यसपछि आवेदन दिएका मध्येबाट ३ जनालाई छनोट गरि प्रधानमन्त्री एवं प्रतिष्ठानक कुलपति समक्ष प्रस्ताव गर्नेछन्। सिफारिस समितिले सिफारिस गरेको प्रस्तावका आधारमा प्रतिष्ठानका कुलपतिले एकजनालाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने व्यवस्था छ।
प्रतिष्ठानकी हालकी उपकुलपति डा संगीता भण्डारीको कार्याकाल यही मंसिर २६ गते सकिँदै छ।