काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गत चार जना चिकित्सक ११औं तहमा छनोट भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षाबाट उनीहरु छनोट भएका हुन्। आयोगका अनुसार आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु ११औं तहमा छनोट भएका हुन्।
आयोगका अनुसार पेडियाट्रिक्स समूहका प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन (एघारौँ तह)मा आन्तरिक प्रतिस्पर्धा मार्फत डा युवानिधि बसौला छनोट भएका छन् ।
सर्जरी समूह अन्तर्गत प्रमुख कन्सल्टेण्ट प्लाष्टिक सर्जन पदमा खुल्ला प्रतिस्पर्धामार्फत डा अपार लामिछाने, मेडिसिन समूह अन्तर्गतको प्रमुख कन्सल्टेण्ट न्यूरोलोजिष्ट पदमा खुला तर्फबाट डा सञ्जिवकुमार साह, प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियनमा आदिवासी जनजाती तर्फबाट डा प्रज्वल श्रेष्ठ ११औं तहमा छनोट भएका हुन्।