काठमाडौं - पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ।
पछिल्लाे २४ घण्टामा काेराेनाका कारण कुनै संक्रमितकाे मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ७५ हजार ५५७ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।