खलङ्गा - जुम्लामा अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ। कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो। जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ।
कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए। विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए। विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो। टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ। रासस