काठमाडौं- विश्व स्वास्थ्य संगठनले विश्वभर अहिले लगाइरहिएको खोप कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम रहेको बताएको छ।
डब्ल्यूएचओको यो भनाइ त्यतिबेला आएको हो जतिबेला दक्षिण अफ्रिकाको एक ल्याबमा परीक्षणपछि ओमिक्रोनविरुद्ध फाइजर खोपको आंशिक असर देखिएको छ।
डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर, बाँकी भेरियन्टको तुलनामा कम हुने संकेत नदेखिएको बताएका छन्।
रयानले समाचार एजेन्सी एएफपीलाई भने, 'हामीसँग निकै प्रभावकारी खोप छन् जो गम्भीर बिरामी र अस्पतालमा भर्ना भएको घटनामा अहिलेसमे सबै भेरियन्टविरुद्ध प्रभावकारी साबित भएको छ।ओमिक्रोनमाथि उसको असर कम हुन्छ भन्ने कुनै शंका गर्न आवश्यक छैन।'
उनका अनुसार सुरुआती रिपोर्ट अनुसार ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टको तुलनामा कम मानिसलाई संक्रमित गरेको छ। उनका अनुसार यसबाट कम गम्भीर हुने दिशालाई इशारा गर्छ।