काठमाडौं- मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोभिड १९ को एन्टिजेन परीक्षण गराउन सूचना प्रकाशित गरिएको छ।
संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।
एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।
सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारदेखि सुरु हुने संघीय संसदको अधिवेशन तयारीका सम्बन्धमा सोमबार बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थल लगायतको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।
उनले सोही क्रममा संघीय संसद भवनको स्काई हलमा कोभिड १९ को एन्टिजेन परिक्षण गर्ने कार्यक्रम रहेको छ।