काठमाडौं- नेपाल औषधि व्यवसायी संघले सरकारले तोकेको बाहेक औषधिको एमआरपी बढी नहुने गरी आयात गरिरहेको जनाएको छ।
संघले सोमबार एक विज्ञप्ति जारी गरी नेपालमा आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक उत्पादित देशमा भन्दा बढी एमआरपी नहुने गरी आयात गरिरहेको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध छ।’