काठमाडौं - अल्का अस्पतालले बाथरोग सम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ।
जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ।
बाथरोग सम्बन्धी वशिेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ।
शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ।
निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि निशुल्क गरिन लागिएको अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले जानकारी दिए।
सिबिसी, इसिआर, युरिक एसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याबजाँच डाक्टरको सिफारिसमा निशुल्क गरिने उनले बताए।
हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरु, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरिरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएर नि:शुल्क परिक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिए।