काठमाडौं- नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोभ्याक्स अन्तर्गत आज उक्त खोप आएको जानकारी दिए। उनले भोलि बिहीबार र पर्सी शुक्रबार जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप पनि आउने जानकारी दिए।