काठमाडौं - कोभिड १९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप नेपाललाई जर्मन सरकारले हस्तान्तरण गरेको छ।
नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो। कोभ्यास सुविधा मार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको हो।
मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाईदैछ। यस्तै, एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज आज नै नेपाल आएको छ। २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।