काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा वसन्त लामिछानेले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा लामिछानेलाई आज निमित्त उपकुलपतिको पत्र दिएको हो।
डा लामिछाने प्रतिष्ठानका शिक्षाध्यक्ष हुन्। प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीको कार्यकाल सकिएपछि मन्त्रालयले लामिछानेलाई निमित्तको जिम्मेवारी दिएको हो।
डा भण्डारीको कार्यकाल मंसिर २६ गतेबाट सकिएको हो।
