काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आमा–बुवाको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका छन्।
रिजालले आमा–बुवाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेका हुन्।
मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचार पाउने गरी ५० लाख रुपैयाँ अनुदान राख्ने पनि रिजालले घोषणा गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका रिजाल २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका रिजालले बिहीबार रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए।