काठमाडौं- सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा भएको सोसाइटीको साधारण सभाले डा अरुण मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सोसाइटीको उपाध्यक्षमा डा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा डा मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा बिनित बैद्य, कोषाध्यक्षमा डा नन्दु सिलवाल र सहकोषाध्यक्षमा डा अभिषेक मास्के चयन भएका छन्।
त्यसैगरी, सदस्यहरुमा डा रमिला श्रेष्ठ, डा संजय लाखे, डा सुभेषराज कायस्थ, डा दिपक सिग्देल, डा अजित खनाल, डा निरजकुमार सिंह, डा कृष्णकुमार अग्रवाल, डा कुन्जंग शेर्पा, डा दिपेश शाक्य र दुर्गा भण्डारी छन् ।