काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २० जिल्लामा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ। मन्त्रालयले मोडर्ना खोप लगाइने ५७ वटा जिल्ला बाहेकका २० जिल्लामा फाइजर खोप लगाउने निर्णय गरेको हो।
फाइजर खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाइने छ।मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप अभियान १९ जिल्लामा चलाएको थियो। ती १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा फाइजर खोप अभियान सुरु हुन लागेको हो।
फाइजर खोप अभियान पहिला ८ वटा जिल्लामा पुस १३ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। यो अवधिमा पहिलो मात्रा फाइजर खोप लगाइने र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ।
यी हुन् फाइजर खोप चलाइने २० जिल्ला
पुस १३ गतेदेखि सञ्चालन हुने जिल्ला
काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत
मिति तोक्न बाँकी जिल्ला
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रुपन्देही, बाँके, दाङ र कैलाली