काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गत डेन्ट्रिष्टी समूहको डेन्टल हाइजेनिष्ट पदमा पाँचौ तहबाट सुरु हुने व्यवस्था गर्न परिपत्र गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउँदै नेपली सेना, नेपाल प्रहरी र सम्पूर्ण पालिकाहरुमा सोही अनुसार गर्न परिपत्र गरिदिन आग्रह गरेको छ।
केही स्थानीय तह तथा नेपाली सेनाले डेन्टल हाइजिनिष्ट पदको विज्ञापन गर्दा चौथो तह उल्लेख गरी विज्ञापन गरेका थिए। उक्त विज्ञापनका विषयमा डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसन अफ नेपालले विरोध गर्दै आएको थियो। एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पाँचौ तहबाट हुने व्यवस्था गर्न अनुरोध गरेपछि मन्त्रालयले शैक्षिक योग्यताका आधारमा पाँचौ तहबाट गर्न पत्र काटेको हो।
हेरौं पत्र
