काठमाडौं- बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ।
संक्रमितमध्ये ७ जनाको मृत्यु भएको बताइएको छ। त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ। पछिल्लो समय बेलायत ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ।
निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै इङल्याण्ड र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेका छन्। योसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ।