काठमाडौं - काठमाडौंमा हुन लागेको ‘बिरामी सुरक्षा सम्मेलन’मा सहभागीका लागि आजदेखि नाम दर्ता प्रक्रिया सुरु भएको छ।
स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले यही पौष १० गतेदेखि हुन गइरहेको सम्मेलनमा सहभागी हुन चाहनेका लागि नाम दर्ता प्रक्रिया सुरु भएको हो।
सहभागी हुन चाहने सिइओ तथा म्यानेजरहरुले ५ हजार, चिकित्सकले ३ हजार र अन्यले २ हजार शुल्क तिनुपर्ने आयोजकले जनाएको छ। करुणा अस्पताल र हेल्थ एट होमको आयोजनामा एक दिने बिरामी सुरक्षा सम्मेलन हुन लागेको हो।
उक्त सम्मेलनमा स्वास्थ्य क्षेत्रका उद्यमी, प्रमुख, डाक्टर, नर्स, क्लिनीकल र फर्मासिस्ट, गुणस्तरीय तथा सुरक्षा प्रवन्धक, अस्पतालका अधिकारी, स्वास्थ्य नीति निर्मातादेखि विभिन्न प्रोफेसरहरु सहभागी हुनेछन्।
स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा र हेरचाह सम्बन्धी सिप विकास र बिरामीको सुरक्षा अभ्यासहरुले चिकित्सा त्रुटिहरु घटाई सुरक्षित वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु पनि सम्मेलनको उद्देश्य छ।
