काठमाडौं- प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकङबम सम्मानित भएकी छिन्। स्वास्थ्य क्षेत्रमा योगदान गरेबापत लोकचन्द्र प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो।
कार्यक्रममा उनलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले सम्मान गरेका हुन्। कार्यक्रममा असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ विशेष सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।
डा लाईकङबम त्रिपुरेस्वरस्थीत ब्लू क्रस अस्पतालमा कार्यरत छिन्।